संयुक्त राज्य अमेरिका र ईयू दुबैले रुस विरुद्ध व्यक्तिगत नाटो सदस्यहरूको फौज तैनाथ गर्ने कुरालाई अस्वीकार गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा अमेरिकी सेना पठाउने कुनै मनसाय नभएको विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बताएका छन् । यद्यपि, नाटो सेनाहरूले रुसीहरूसँग खुल्ला रूपमा लड्न नसक्ने भए तापनि अज्ञात सङ्ख्यामा अमेरिकी सेनाका कर्मचारीहरू युक्रेनको युद्दग्रस्त क्षेत्रमा सक्रिय रहेको बताइएको छ।
यसैबीच, ईयूले त्यस्तो कुनै पनि शैन्य मिसनको विचारलाई अस्वीकार गरेको छ। युरोपेली संघ सैन्य स्टाफका महानिर्देशक, भाइस एडमिरल हर्भ ब्लेजियनले ,युक्रेनमा सेना पठाउनु भनेको युद्धमा एक पक्ष हुनु हो, रसियासँग युद्धमा होमिनु हो भन्दै न त युरोप न नेटो, कसैले पनि आफ्नो सेना युक्रेनमा पठाउन नसक्ने बताएका छन्।
यधपी, पेन्टागनले नोभेम्बरमा “सानो संख्यामा” अमेरिकी सेनाले कीभमा अमेरिकी दूतावासको सुरक्षा गरिरहेको र निरीक्षण गरिरहेका स्वीकार गरेको थियो । अप्रिलमा, लीक पेन्टागन कागजातहरूका अनुसार पनि मार्चको मध्यसम्म युक्रेनमा १४ अमेरिकी विशेष बलका कर्मचारीहरू तैनाथ गरिएको र बेलायत बाट ५० सैनिक विशेष बल तैनाथ गरिएको खुल्न आएको थियो।
यता, रुसी रक्षा मन्त्रालयको अनुसार,डोनबास सहरमा रहेको युक्रेनी सशस्त्र बलको अस्थायी बेसमा गरिएको मिसाइल आक्रमणमा “२० विदेशी भाडाका सैनिक र सैन्य सल्लाहकारहरू” मारिएका र हमला पछि सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरू र भिडियोहरूले कथित रूपमा अमेरिकी वर्दीमा अङ्ग्रेजी बोल्ने सैन्य कर्मचारीहरू बेसमा मृत र घाइतेरुपमा देखिएको थियो।
मस्कोले भने अमेरिका र नाटोलाई द्वन्द्वमा संलग्न भएको ठान्दछ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमले रूसको विरुद्ध “अन्तिम युक्रेनी जीवित रहंदा सम्म” युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्