निलम्बित प्रधानन्यायाधीश राणामाथिको अवरोध हटाउन मानवअधिकार आयोगको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • September 18, 2022
human rights commission manab adhikar aayog

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनकै घरमा सुरक्षाकर्मीको कडा निगरानीमा नजरबन्दमा राखेको र आवतजावतमा बन्देज लगाएको खबर सार्वजनिक भएपछी, जबरा निवासको अनुगमनमा पुगेको मानवअधिकार आयोगले जबरामाथिको अवरोध हटाउन माग गरेको छ ।

मानवअधिकार आयोगले एक विज्ञप्तिमा जारी गर्दै , संविधानले दिएको कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको र संविधान र कानुनको आधारमा जबरामाथिको अवरोध अन्त्य गर्न आग्रह गरेको हो ।

राणालाई सुरक्षाकर्मीले बिना कारण निवासबाट बाहिर निस्कन नदिएको र राणाको निवासमा प्रवेश गर्ने र बाहिरिने मानिसमाथि निगरानी राखेको, निवासबाट बाहिरिने सवारी साधनलाई कडाइका साथ चेकजाँच गरेको र राणाको सवारी साधनको स्कर्टिङ टोलीलाई पनि हटाएको आयोगले जनाएको छ ।

manab adhikar aayog
17
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५