अमेरिकी सेना इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल नेपालमा

  • नेपाल राष्ट्रिय दैनिक
  • June 9, 2022
Charles A Flynn US Army Commander

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन्।

चारदिने भारत भ्रमण सकेर नेपाल आएका फ्लिनलाई नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस लगत्तै नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयमा उनले अन्य राजनीतिक उच्चस्तरीय भेटवार्ता गर्ने पनि बताइएको छ।

२८ गते शनिबार फ्लिन हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जाने र त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।

जेठ २९ गते आइतबार फ्लिन काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जाने र त्यसपछि उनि नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने कार्यक्रममा सभागी हुनेछन।

शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उनी स्वदेश फर्किने छन्।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%bf%e0%a4%95/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५