काठमाडौँ उपत्यकाको फोहोर वर्गीकरण नगरे ५०० जरिवाना

  • नेपाल राष्ट्रिय दैनिक
  • June 23, 2022
rubbish bin

काठमाडौं महानगरपालिकाले श्रावण १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण नगरी एकै ठाउँमा मिसाएमा कारबाही गर्ने भएको छ ।महानगरपालिकाले फोहोर वर्गीकरण नगरी कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउने काठमाडौँवासीलाई श्रावण १ गतेदेखि ५०० रुपैयाँ जरिवाना गर्ने जनाएको छ।

काठमाडौँ महानगरले यसघि सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय बासिन्दासंग स्रोतमै फोहोरको वर्गीकरण गर्नेगरि असार मसान्तसम्मको लागि मात्र यथास्थितिमा फोहोर फाल्न दिने सहमति गरेको थियो। तर श्रावण १ गते देखि स्रोतमा वर्गीकरण नगरिएका फोहोर आएमा ल्यान्डफिल साइटका बासिन्दाले फोहोर फाल्न रोक्ने चेतावनी समेत दिएका छन्।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) को प्रावधानमा रहेर स्रोतमै फोहोर वर्गीकरण नगर्नेलाई कारवाही गर्न सकिने महानगरले जनाएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५