थाइल्याण्डमा गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता

  • नेपाल राष्ट्रिय दैनिक
  • June 9, 2022
gaja thailand cannabis marijuana weed legal exlarge 169

थाइल्याण्ड ,गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता दिने एसियाकै पहिलो देश बनेको छ।

थाई स्वास्थ्य मन्त्री अनुटिन चार्नविराकुलले अर्थतन्त्रलाई बढावा दिने अपेक्षा अनुरुप गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता दिएको बताएका छन् । यधपी मनोरञ्जनका लागि नशाको रुपमा प्रयोग भने गैरकानूनी रहेको उनले बताएका छन्।

गाँजा र गाँजाजन्य उत्पादनहरू उब्जाउन र व्यापार गर्नु , वा रोगहरूको उपचार गर्न बोटको अंशहरू प्रयोग गर्नु अब उपरान्त कुनै अपराध वा गैरकानुनी नहुने बताइएको छ । क्याफे र रेस्टुरेन्टहरूले गाँजा प्रयोग गरिएका खाना र पेय पदार्थहरू पनि उपलब्ध गराउन सक्छन्, तर उत्पादनहरूमा ०.२% भन्दा कम टेट्राहाइड्रोकानाबिनोल (THC-बोटको मुख्य साइकोएक्टिभ कम्पाउन्ड) ,हुनेपर्ने बताइएको छ।

अनुटिनले गाँजा उद्योगले कृषिलाई बढावा दिएर अरबौं डलर आम्दानी गर्ने भन्दै
कृषि मन्त्रालयसँग मिलेर देशभरका घरपरिवारमा १० लाख नि:शुल्क गाँजाका बिरुवाहरू वितरण गर्ने पनि बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५