नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक ढिलोगरि सुरु भएको हो ।
बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।
गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्