नेपालमा रहेका शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • June 27, 2022
us official meeting tibetan refugee

सरकारले नेपालमा लामो समयदेखि बस्दै आएका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।

राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले विगतमा विभिन्न कारणले परिचयपत्र नपाएका शरणार्थीहरुलाई सरकारले परिचयपत्र दिने तयारी गरेको बताउनुभएको छ। यस सन्दर्भमा सरकारले परिचयपत्र पाउन बाँकी शरणार्थीहरु कति छन् र उनीहरुलाई कहिले देखि परिचयपत्र दिने भन्ने बारेमा गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो।

विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट नेपालमा आएर बसेका शरणार्थीहरुलाई नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको बताउंदै गृहमन्त्री खाँणले छिट्टै उनीहरुलाई परिचयपत्र उपलब्ध गराउन सरकारले तयारी थालेको बताउनुभएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५