न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको घुस प्रकरण अध्ययन गर्न छानविन समिति गठन

  • नेपाल राष्ट्रिय दैनिक
  • June 22, 2022
rudra and koirala

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी दिउँसो १ बजे बसेको न्यायपरिषदको बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।छानविन समिति गठन गरे लगत्तै जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी पनि खोसिएको छ।

सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउने सवालमा भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले दिउँसो १ बजेको लागि आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले सार्वजनिक भएको अडियो रेकर्ड र समाचारप्रति ध्यानाकर्षण भएको र आफूले कुनैपनि प्रकारको अनुचित कार्य नगरेको दाबी सहित छानिबनको माग गर्दै,छानविनमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b6-%e0%a4%b0-%e0%a4%b5%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a5%a7%e0%a5%a6-%e0%a4%95%e0%a4%b0/
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५