नागरिकता विधेयकप्रति एमालेको असहमति

  • नेपाल राष्ट्रिय दैनिक
  • June 1, 2023
shankarpokharel

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा विधेयक प्रमाणित गर्नु स्वाभाविक होइन

नागरिकता विधेयक प्रमाणीकरणप्रति प्रमुख प्रतिपक्ष नेकपा एमालेले असहमति जनाएको छ।

एमालेले राखेको असहमतिविरुद्ध प्रतिवाद हुन थालेपछि र आफ्नो पार्टीले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनी भ्रम सिर्जना गर्न खोजेको भन्दै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्टीकरण दिएका छन्।

स्पष्टीकरण दिने क्रममा उनले,वैवाहिक अंगीकृतका सन्दर्भमा भारत र नेपालको बीचमा कम्तीमा समान व्यवस्था राख्नुपर्दछ भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताएका छन्। अहिलेको प्रावधानले भारतमा विवाह भएको ७ वर्षमा नागरिकता ओपाउने र नेपालमा विवाह लगत्तै नागरिकता पाउने असमान व्यवस्था रहेको उनले बताएका छन्।

त्यसैगरी, संविधानले प्रादेशिक पहिचान खुल्नेगरी नागरिकताको व्यवस्था हुनुपर्ने व्यवस्था गरेको तर अहिलेको विधेयकमा त्यो समावेश नभएको पनि उनले बताएका छन्। त्यसैगरी अहिले विधेयक प्रमाणीकरण गर्ने सवालमा संसदीय प्रक्रियालाई समेत वेवास्ता गरेको कारण आफ्नो पार्टीको यसमा असहमति रहेको उनले बताएका छन्।

पूर्वराष्ट्रपतिले संवैधानिक रूपमा अघि सारेका गम्भीर प्रश्नहरूमा प्रवेश नगरीकनै त्रुटिपूर्ण र अपूर्ण रहेको विधेयकलाई संसदमा प्रवेश नै नगराई ६ महिनाभन्दा बढी समय गुजारेर पुरानै निष्क्रिय भएको विधेयकलाई ब्याकडोरबाट भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गर्नु के स्वाभाविक विषय नभएको पनि उनले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५