चीनले रुससँग महाशक्तिका रूपमा काम गर्नेछ :चिनीया राष्ट्रपति

  • नेपाल राष्ट्रिय दैनिक
  • September 15, 2022
Putin and XI jingping

चीनका राष्ट्रपति सी चिनफिङले विश्वमा स्थायित्व बढाउन मस्कोसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षीलाई समरकन्दमा भएको शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा बेइजिङले मस्कोसँग मिलेर महाशक्तिको जिम्मेवारी वहन गर्न चाहेको बताउनुभएको छ ।

राष्ट्रपति सीले सामाजिक उथलपुथलले त्रसित विश्वमा स्थायित्व र सकारात्मक उर्जा प्रवाह गर्न रुससँग सहयोगी भूमिका खेल्न चीन इच्छुक रहेको पनि बताउनुभएको थियो ।

त्यसैगरी, राष्ट्रपति पुटिनले दुई देशले बनाएको “बहुपक्षीय सम्बन्ध” को प्रशंसा गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले बेइजिङको ‘एक चीन’ नीतिको लागि मस्कोको समर्थन रहेको भन्दै,ताइवान वरपर अमेरिकाले द्वन्द भड्काउन गरेको प्रयासहरूको निन्दा गर्नुभएको थियो ।

राष्ट्रपति पुटिनले विदेश नीतिको सवालमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै , “युक्रेनी संकटको सन्दर्भमा हाम्रा चिनियाँ साथीहरूको सन्तुलित दृष्टिकोणलाई हामी उच्च मूल्याङ्कन गर्छौं”,भन्ने अभिव्यक्ति प्रकट गर्नुभएको थियो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५