नयाँ विमान खरिदका लागि १ खर्ब ३५ अर्ब सहुलियतपूर्ण ऋण लिंदै नेपाल वायुसेवा निगम

  • नेपाल राष्ट्रिय दैनिक
  • January 24, 2024
nepal airlines

नेपाल वायुसेवा निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ न्यून ब्याजमा ऋण लिने भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न ऋण लिइनेछ ।

निगम सञ्चालक समितिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सहुलियत ऋण लिनको लागि सैद्धान्तिक सहमतिको लागि उक्त निर्णय सरकारलाई बुझाउने निर्णय गरेको निगम सञ्चालकले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयमा प्राप्त निर्देशन र निगमको सञ्चालक समितिको निर्णय अनुसार मंगलबारअन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको थियो ।

प्राप्त ऋणमध्ये नेपाल सरकार र सम्बन्धित निकायको स्वीकृतिमा विद्यमान ऋण चुक्ता गर्ने, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्ने र अन्तर्राष्ट्रिय जहाज मर्मतसम्भारका लागि ह्याङ्गर निर्माणमा लगानी गर्ने निगमको योजना रहेको छ ।

निगमको व्यावसायिक लगानीको आवश्यकताअनुसार एकपटक होइन पटकपटक ऋण लिने र ऋण पाएपछि वार्षिक करिब साढे तीन अर्ब रुपैयाँको ब्याज खर्चमा उल्लेख्य कमी आउने निगमको विश्वास छ ।निगमको नाफा बढ्ने अपेक्षा राखेर आशयपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५