फरार रहेका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • May 27, 2022
Ranjan Koirala 1

सर्वोच्च अदालतले कैद मिनाह गर्ने फैसला उल्टाएपछि फरार रहेका पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई बानेश्वर स्थित एक घरमा लुकिरहेको अवस्था पक्राउ गरिएको हो।

तत्कालिन प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए । तर विहिबार
सर्वोच्च अदालतले कैद मिनाह गर्ने फैसला उल्टाएपछि कोइराला सम्पर्कविहीन भएका थिए ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५