कतारकी राजकुमारी शेख अस्मा अल थानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गरेकी छन् ।
मे ८ मा कञ्चनजङ्घा हिमाल आरोहण गर्ने उनी पहिलो अरब महिला बनेकी छन् । इन्स्टाग्राममा आफ्नो स्टेटस पोष्ट गर्दै शेख अस्माले कञ्चनजङ्घा (८,५८६ मिटर) को चुचुरोमा पुग्ने पहिलो अरब महिला भएकोमा आफूलाई गर्व लागेको बताइन्।
यसअघि सगरमाथा चढ्ने प्रयासमा विफल रहेकी थानीले पुन: सगरमाथा आरोहणका लागि आधार शिविर जाने तयारि गरेको पनि बताएकी छिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्