नागरिकता विधेयक नै खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो: राष्ट्रिय जनमोर्चा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 22, 2022
chitra bahadur kc rastriya janamorcha

गठबन्धन दलका शिर्ष नेताहरुले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविदहरुसंग छलफल अगाडि बढाइरहँदा राष्ट्रिय जनमोर्चाले भने नागरिकता विधेयक नै खारेज हुनुपर्ने आफुहरुको माग रहेको बताएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले उठाउनुभएको कदमप्रति भन्दा पनि नागरिकता विधेयक नै खारेज हुनुपर्छ भन्ने कुरामा आफ्नो चासो रहेको बताउनुभएको छ।

केसीले, गठबन्धनमा सामेल भएपनि गठबन्धनका सबै कदम सहि छन् र त्यसलाई मान्नुपर्छ भन्नेकुरा तर्कसंगत नरहेको बताउनुभएको छ। ‘हामीले एमसीसीको विषयमा पनि गठबन्धनको निर्णयमा विरोध गरेका थियौँ र नागरिकता विधेयकको सवालमा पनि हाम्रो फरक मत रहनेछ,यसमा हाम्रो पार्टीको सहमति छैन ,’केसीले भन्नुभयो।

वंशजको आधारमा विदेशीलाई नागरिकता दिने कुरामा राष्ट्रिय जनमोर्चाको समर्थन नरहेको उहाँले बताउनुभएको छ।

यसअघि, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकमा पनि राष्ट्रिय जनमोर्चा सहभागी नभएको र सत्ता साझेदार दलका चार शीर्ष नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा पनि हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले बताएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५