मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ असार २०८०, मंगलवार १७:२९
sarbochcha adalat

असार-१२,काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश दिएको हो ।
अधिवक्ता वर्षाकुमारी झाले, शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथि न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।

उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर शाहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५