आगामी निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम सिफारिस

  • नेपाल राष्ट्रिय दैनिक
  • September 18, 2022
Nyaya Parishad 1

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि न्याय परिषद् तथा न्याय सेवा आयोगले सरकारलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सिफारिस गरेको छ।

न्याय परिषद्ले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा सिफारिस गरेको छ ।

न्याय परिषद् तथा न्याय सेवा आयोगले जगेडा सहितका ९४ जना जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत , न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत र २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५