नागरिकता विधेयक पुनःप्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
nepali citizenship certificate

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गर्नुभएको नागरिकता विधेयक विना कुनै संशोधन, हुबहु पारित गरी पुन:प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर पुन:प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुभएको हो ।

पुन:प्रमाणीकरणका लागि आउने विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पुन:प्रमाणीकरणका लागि आएको विधेयक फिर्ता गर्ने कानूनी अधिकार राष्ट्रपतिसँग छैन ।

https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५