निर्वाचनमा मृत्यु भएमा सुरक्षाकर्मीका परिवारलाई २० लाख आर्थिक सहयोग गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 8, 2022
election security nepal 1 9riv1T65ht

सरकारले निर्वाचनका क्रममा मृत्यु हुने सुरक्षाकर्मीका परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा, निर्वाचनमा मृत्यु भएमा अस्थायी प्रहरीसहित सुरक्षाकर्मीका परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकले हिमाली जिल्लामा खटिएका अस्थायी प्रहरीलाई पनि सामान्य प्रहरी सरह भत्ता दिने निर्णय गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५