उपनिर्वाचन अगावै मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2024
nirwachan aayog

काठमाडौँ – निर्वाचन आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

आयोगले, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका योग्य नागरिकले उपनिर्वाचनको मिति घोषणा हुनुअघि सम्बन्धित स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ।

निर्वाचन आयोगले हाल प्रतिनिधिसभामा एक, सुदूरपश्चिम प्रदेशसभामा एक, जिल्ला समन्वय समितिका दुई प्रमुख, एक नगरपालिकाका उपमेयर, एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाका उपाध्यक्ष र विभिन्न स्थानीय तहका १७ वडाध्यक्ष गरी २५ पद रिक्त रहेको उल्लेख गर्दै,यही वैशाख मसान्तभित्र उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५