प्रतिबन्धित वस्तुको आयात खुला

  • नेपाल राष्ट्रिय दैनिक
  • December 7, 2022
mantralaya ministry

सरकारले यसअघि विलासिताका साधन अन्तर्गत वर्गीकरण गरेर प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायत का वस्तुको आयात खुला गरेको छ ।

विदेशी मुद्रा सञ्चितिमा नकारात्मक प्रभाव पारेको भन्दै लगाइएको प्रतिबन्धका कारण राजस्व संकलनमा नकारात्मक असर देखिएपछि सरकारले पुसदेखि ती वस्तुको आयात खुलाउने निर्णय गरेको हो ।

मुख्य सचिवको संयोजकत्वमा राष्ट्र बैंकका प्रतिनिधि, अर्थ सचिव, वाणिज्य सचिवसहितको बैठकले बन्देज खुलाउन गरेको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले आयात प्रतिबन्ध हटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयसम्म आयात बन्द गर्दा अर्थतन्त्रलाई नै असर पर्ने भएकाले खुला गर्ने निर्णय भएको बताए को हो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि आयात प्रतिबन्ध लगाएकोमा सरकारले बन्देजलाई निरन्तरता दिएपछि उद्योगी–व्यवसायीले विरोध गर्दै आएका थिए । सरकारी नीतिकै कारण ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै उनीहरूले आयात प्रतिबन्ध तत्काल फुकुवा नगरे दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५