पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 1, 2023
pappu

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको नयाँ बानेश्वर वृत्तले रौनियार विरुद्ध बाँकेमा दर्ता भएको ठगी मुद्दाको आधारमा काठमाडौंबाट उनलाई पक्राउ गरेको जनाएको छ। बाँके प्रहरीको समन्वयमा उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो भने थप अनुसन्धानका लागि उनलाई बाँके पठाइने प्रहरीले जनाएको छ।

रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित रौनियार पर्सा क्षेत्र नम्बर ३ का पूर्व सांसद समेत रहेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५