स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी: भिम रावल

  • नेपाल राष्ट्रिय दैनिक
  • June 13, 2022
bhim rawal

प्रमुख प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी गरिरहेको आरोप लगाउनुभएको छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रावलले सरकारले नेपालको असंग्लन परराष्ट्र नीतिलाई उल्लंघन गरेको बताउनुभएको छ। परराष्ट्र मन्त्रालयले तय गर्नुपर्ने प्रधानमन्त्रीको भ्रमण रक्षा मन्त्रालयले गरेको भन्दै,प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन समेत उहाँले माग गर्नुभएको छ।

सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत दावी गर्नुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५