निर्वाचनको ७२ घण्टा अगाडि नेपाल–भारत सीमा नाका बन्द गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ बैशाख २०७९, शनिबार १०:२४
sima naka


स्थानीय तहको निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका बन्द गर्ने निर्णय भएको छ ।नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच भएको समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।

सो अवधिमा मानिसहरुको आवतजावत पनि पूर्ण रुपमा बन्द हुनेछ । निर्वाचनलाई लक्षित गरी सीमा नाकामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती पनि रहनेछ ।

बैठकमा नेपालका तीन जिल्ला र भारतका दुई जिल्लाका सुरक्षा अधिकारीहरुले निर्वाचनको सुरक्षाका विषयमा छलफल गर्नुका साथै कार्ययोजना समेत तयार पारेका थिए । निर्वाचनलाई लक्षित गरी दुई देशका सुरक्षा अधिकारीले सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेका छन् ।

त्यसैगरी सीमा क्षेत्रमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइनेछ ।
सीमामा सुरक्षा चौकी स्थापना, तत्काल सूचना आदानप्रदान, लागुऔषध, मानव तस्करी तथा अवैध हातहतियारको तस्करी नियन्त्रण, अवैध मुद्राको व्यापार, सीमा क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सीमा निगरानी बढाउने लगायतको निर्णय भएको छ ।

अर्कोतर्फ भारतीय सुरक्षा अधिकारीले आचारसंहिता लागू गराउन भारततर्फ रहेका फ्लेक्स मेसिन र छापाखानामा आचारसंहिता विपरित छपाइको काम हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतले सीमा नाका मर्मत र व्यवस्थापन गर्न पनि सहमति जनाएको छ । सन् २००६ मा नेपाल र भारतको संयुक्त प्राविधिक सीमा समितिबीच संयुक्त सम्झौता भएको थियो ।उक्त सम्झौतामा बिजोर नम्बरको पिल्लर नेपालले र जोर नम्बरको पिल्लर भारतले मर्मत गर्ने सहमति भएको थियो ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५