लोक सेवाको लापरवाही: परीक्षामा नदिएको व्यक्तिको सहसचिवमा नाम निस्कियो

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
LOK SEWA AAYOG

काठमाडौँ- लोक सेवा आयोगको परीक्षामा गम्भीर लापरवाही भएको पाइएको छ। आयोगले हालै सञ्चालन गरेको सहसचिवको परीक्षामा सहभागी नै नभएका व्यक्तिको नाम निस्किएको छ।

न्याय सेवाअन्तर्गत मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको आन्तरिक प्रतियोगितात्मक परीक्षा अन्तर्गत लिखितमा सहभागी नै नभएका दुईजनाको नाम सहसचिवमा उत्तीर्ण भएको सूचना आयोगले प्रकाशित गरेपछि आयोगले आन्तरिक छानबिन गरी परीक्षाफलसम्बन्धी सूचना संशोधन गर्नुपरेको छ।

नेपाल न्याय सेवाअन्तर्गत तीनवटा समूह छन्, न्याय, कानुन र सरकारी वकिल। कानुन मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतले सहसचिवका लागि भएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा भाग लिएर कानुन समूहका लागि मात्र परीक्षा दिएका थिए। तर, माघ १ गते नतिजा आउँदा परिक्षा नै नदिएको सरकारी वकिल र न्याय समूहमा पनि उनको नाम निस्कियो र उनलाई आयोगले सरकारी वकिल र न्याय समूहको सहसचिव पदका लागि पनि मौखिक परीक्षा एवं प्रस्तुतीकरणमा बोलायो।

त्यस्तै अर्का परीक्षार्थी सपना अधिकारी गौतमले दुईवटा समूहका लागि परीक्षा दिएकोमा नाम भने तीनवटै समूहमा निस्कियो। न्याय र कानुन समूहमा मात्र जाँच दिएकी उनको नाम सरकारी वकिलको सहसचिवमा पनि निस्कियो।

आयोगले छानबिनबाट गल्ती भएको पत्ता लागेपछि सूचना संशोधन गरेर प्रकाशित गरिसकेको र हाजिरी उठाउँदा नै गल्ती भएको भन्दै दोषीमाथि कारबाही गरिने बताएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५