“मेक अमेरिका ग्रेट अगेन”का समर्थक देशका लागि खतरा हो : जो बाइडेन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 2, 2022
joe biden and trump

राष्ट्रपति जो बाइडेनले ,डोनाल्ड ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन” (मागा) एजेन्डाका समर्थकहरू लोकतन्त्रका लागि खतरा भएको बताएका छन्।

मागा शक्तिहरू यो देशलाई पछाडि लैजान कटिबद्ध रहेको उनले बताएका छन्। उनले भने,’रिपब्लिकन पार्टी आज डोनाल्ड ट्रम्प र मागा रिपब्लिकनहरु द्वारा संचालित र डराएको छ र यो देश को लागी खतरा हो।”

यसैबीच रिपब्लिकनले भने

क्यालिफोर्नियाका कंग्रेसम्यान,अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन नेता केविन म्याकार्थीले,राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई अपमान र विभाजित गरेको बताएका छन्।

बाइडेनको आफ्नो विचार र नीतिहरूसँग असहमत भएकै कारण,दशौं लाख अमेरिकीहरूलाई फासीवादी भनेर निन्दा गरेकोमा बाइडेनले माफी माग्नुपर्ने पनि उनले बताएका छन्। उनका नीतिहरूले अमेरिकालाई कमजोर बनाएको र अमेरिकाको विश्वासलाई धोका दिएको भन्दै उनको शाशनकालमा राष्ट्रले ठुलो क्षती बेहोरेको बताएका छन्।

यसैबीच ट्रम्पले , बाइडेनको भनाइप्रति प्रतिकृया जनाउंदै, “यदि उनी अमेरिकालाई फेरि महान् बनाउन चाहँदैनन् भने, उसले निश्चित रूपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नु हुँदैन,” भनेका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५