क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए प्रधानमन्त्री पदबाट राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ पुष २०८१, मंगलवार ०२:००
Justin Trudeau

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रधानमन्त्री र पार्टीको नेताबाट राजीनामा दिएका छन्।

ट्रुडोलाई आफ्नो पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबमा परेपछि उनले क्यानडाको गभर्निंग पार्टीको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन्। ओटावामा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले नयाँ लिबरल पार्टीको नेता चयन नभएसम्म आफू प्रधानमन्त्री पदमा रहने बताएका छन्।

डिसेम्बरमा आफ्नो निकटतम क्याबिनेट सहयोगी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिएपछि ट्रुडोलाई राजिनामा गर्न बढ्दो दबाबको सामना गर्नु परेको थियो । २०१३ देखि लिबरल पार्टीको प्रमुख रहेका उनि २०१५ देखि प्रधानमन्त्रीको रुपमा रहिआएका छन्।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५