‘मर्निङ वाक’ मा हिँड्ने महिलाको सिक्री लुट्ने गिरोह पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 9, 2023
sikri chor

काठमाडौँ — मर्निङ वाकमा निस्किने महिलाहरूलाई पछ्याएर उनीहरुको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहका पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सिक्री लुट्ने गिरोहका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने रवीन दमाई, मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चावहिल बस्ने रवि विक, चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राममन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बंगाल घर भई हाल न्युरोड बस्ने श्रीकान्त मैतीलाई पक्राउ गरेको हो ।

उनीहरूले चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।उनीहरूले बीस दिनको अवधिमा शृंखलाबद्ध रुपमा ८ पटक सिक्री लुटेको पाइएको छ। उनीहरूले चोरी गरेका गहना तत्कालै गाल्ने र बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का १ थान (११.२ ग्राम), सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल दुईवटा, मोबाइल फोन ६ थान र सुनको नेकलेस एक थान बरामद गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५