गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास

  • नेपाल राष्ट्रिय दैनिक
  • November 12, 2022
new gathabandhan

सत्ता गठबन्धन भित्रका राजनीतिक दलबाट बागी उम्मेदवारी दिएकाहरुको उमेद्वारी निष्क्रिय गराउन सत्तारुढ गठबन्धनले अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई कुनै पनि हालतमा विजय गराउने रणनीति अनुरुप गठबन्धन भित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले, बागी उम्मेदवारहरुलाई निष्क्रिय गराउनुपर्ने कुरामा पार्टीका शीर्ष नेतालाई ध्यानाकर्षण गराएको हो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५