राष्ट्रपति भण्डारी र चिनियाँ नेता जियानचाओबीच शितल निवासमा भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • July 13, 2022
president and liu

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओबीच आज राष्ट्रपति निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

चार दिने भ्रमणको अन्तिम दिन आज राष्ट्रपतिसंग शिष्टाचार भेटवार्ता गर्न जियानचाओ शितल निवास पुग्नुभएको हो। भेटको क्रममा राष्ट्रपति भण्डारीले नेपाल र चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै, नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्ने बताउनुभएको छ।

चिनियाँ नेता जियानचाओले भने नेपालको सबै राजनीतिक दलहरुबिचको सम्बन्ध विस्तारका लागि आफु नेपाल आएको र चिन-नेपाल सम्बन्ध, मित्रता, पारस्परिक लाभ र द्विपक्षीय हितको आधारमा विकास भएको बताउनुभएको छ।

यसघि नेता जियानचाओले प्रधानमन्त्री,परराष्ट्र मन्त्रि र अन्य राजनीतिक दलका नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५