संसदको अवरोध हटाउन प्रधानमन्त्री, देउवा र ओली छलफलमा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 9, 2023
prachanda oli deuba

असार २४, काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसदको गतिरोध अन्त्य गर्ने विषयलाई लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको आइतबारको बैठक समेत अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले दुई वटा प्रतिनिधिसभाका बैठक र तीन वटा राष्ट्रिय सभाका बैठक अवरुद्ध गरिसकेको छ ।एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा जवाफ फेस गर्ने निर्णय गरेका छन्।एमालेले संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको आजको बैठक पनि अवरोध गर्ने तयारी गरेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५