जर्मनीले सोभियत संघमाथि आक्रमण गरेको दिनको सम्झनामा मस्कोमा शोक स्मृति दिवस

  • नेपाल राष्ट्रिय दैनिक
  • ८ असार २०७९, बुधबार ०८:००
president putin

जर्मनीले विश्वयुद्ध २ मा सोभियत संघमा आक्रमणमा गर्दा ज्यान गुमाएका मृतकहरुको सम्झनामा, रुसले शोक स्मृति दिवस मनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकहरूको सम्मान र सम्झनामा फूलहरू अर्पण गर्नुभएको छ।

अपरेशन बारबारोसा अन्तर्गत, जुन २२ १९४१ मा जर्मनीले सोभियत संघमाथि अप्रत्याशित आक्रमण सुरु गरेको थियो। आजकै दिनको सम्झनामा युक्रेन र तत्कालीन सोभियत संघको भाग बेलारुसमा पनि शोक स्मृति दिवस मनाउने गरिन्छ। यधपी आजको रुस युक्रेन द्वन्दकोबीच युक्रेनले शोक स्मृति दिवसलाई विगतका दिनहरुमा जस्तै मनाउला त,भन्ने कुरामा भने कुनै यकिन छैन।

जर्मनीले तत्कालिन समयमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न, सोभियत सेनाले गिर्जाघर र चिहानहरूमा बम विष्फोट गरिरहेको दाबी गर्न खोजेको देखाउने अभिप्रायका कागजातहरू पनि शोक स्मृति दिवसकै क्रममा रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।
जर्मनीको तत्कालिन आक्रमणलाई लक्षीत गर्दै, रुसी रक्षा मन्त्रालयले १९४१ मा जस्तै नाजीहरूले हाम्रो राज्यलाई बदनाम गर्न अहिले पनि उत्तेजक स्थितिको सिर्जना गरेको बताएको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५