काठमाडौंका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेटबारे भिम रावलको प्रश्न

  • नेपाल राष्ट्रिय दैनिक
  • December 2, 2022
balen shah and us ambassador scaled

नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेट बारेमा प्रश्न गर्नुभएको छ।

नेपालको परराष्ट्र सम्बन्ध, संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै नेता रावलले, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस् भनेर प्रश्न गर्नुभएको छ।

नेता रावलले, संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्नुपर्ने भन्दै, परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानुनी पद्धति मिचेर संवैधानिक निकायका प्रमुखले आफुलाई मनलागेको बेला जो कोहि विदेशीसँग भेटवार्ता गर्न नमिल्ने बताउनुभएको छ।

तस्विर:अमेरिकी दुतावासको ट्विटरबाट

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५