दोलखामा सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
atikramit senako jagga dolakha

दोलखा — नेपाली सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । लामो समयदेखि स्थानीयले मेलुङ गाउँपालिका–६ टुडिखेल वरपर अतिक्रमण गरेर बनाएका ३९ वटा घरटहरा हटाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

नेपाली सेनाको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा नेपाली सेनाको गरुड दल, जनपद र सशस्त्र प्रहरीसहितको टोलीले हटाएको हो । सेनाको जग्गामा बनेका घरटहरामा डोजर लगाएर भत्काइएको उनले बताए ।

‘सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन सूचना जारी गरेर अतिक्रमण हटाउने अभियान अर्न्तगत काम थालेका छौं,’ उनले भने, ‘जिल्लाभर सार्वजनिक जग्गा अतिक्रमण भएका क्षेत्रबाट स्थायी र अस्थायी संरचना हटाउन र नबनाउन भनेका छौं ।’

२००७ सालमा दोलखा र रामेछापको सदरमुकाम रहेको मेलुङमा तत्कालीन समयमा सेनाको टुकडी रहेको थियो । २०१८ सालमा दुई जिल्लाको प्रशासनिक ईकाई रहेको मेलुङ सोही वर्ष भएको राजनीतिक विभाजनपछि सदरमुकाम हटेको हो ।

नेपाली सेनाको गरुडदल गणले तालिम सञ्चालन गर्नका लागि आफ्नो जग्गामा भएको अतिक्रमण हटाइदिन प्रशासनलाई आग्रह गरेको थियो । मेलुङमा नेपाली सेनाको नाममा ६९ रोपनी जग्गा हेको छ । अतिक्रमण हटेपछि गरुडदल गणले तालिम सञ्चालन गर्ने जनाएको छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५