एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • July 10, 2022
deuba and jianchao

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओ र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज भएको भेटमा, जियानचाओले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् भने प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री देउवाले नेपालमा रहेको दलाइ लामाको कार्यालय आफुले नै बन्द गराएको स्मरण गराउंदै नेपाली भूमिमा चीन विरोध कुनै पनि गतिविधि हुन नदिने बताउनुभएको छ।

भेटको क्रममा लिउ जियानचाओले कुनै पनि देशसँग चीनको सम्बन्ध विचारधाराद्वारा निर्देशित नहुने भन्दै नेपालका सबै राजनीतिक दलहरुसँग सहकार्य गर्न र नेपालमा जुन पार्टीको सरकार भए पनि चीन सदैव साथ रहने बताउनुभएको छ।

जियानचाओ र प्रधानमन्त्रीबीच भएको भेटमा नेपाल–चीन सम्बन्ध लगायत द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५