एसीसी यू-१६ क्रिकेटमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2023
under 16 winnerr

असार १९, काठमाडौँ- मलेसियामाथि शानदार जित हात पार्दै नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ।

फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले प्रतियोगिता जितेको हो ।२५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भएको हो।

क्रिकेट प्रतियोगितामा नेपाल, मलेसिया, सिंगापुर, हङकङ, माल्दिभ्स, इन्डोनेसिया र थाइल्याण्डको सहभागिता रहेको थियो ।प्रतियोगितामा नेपालले समूहचरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।

नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता समेत जितेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५