युरोपियन युनियनले युक्रेनलाई एक अर्ब युरो आर्थिक सहायता स्वीकृत गरेको छ।
युरोपेली संघका अर्थमन्त्रीहरूले युक्रेनलाई तत्कालको लागि आधारभुत आवश्यकताहरु पुरा गर्न एक अर्ब युरो आर्थिक सहायता स्वीकृत गरेको बताएका छन्।
युरोपेली नेताहरूले सहमति गरेर, गत मे महिनामा कीभका लागि वाचा गरिएको नौ-बिलियन-यूरो बराबरको सहयोग अन्तर्गतको पहिलो किस्ताको रुपमा सो रकम स्वीकृत गरिएको हो।
सो सहयोगले युक्रेनलाई आफ्ना आवश्यकताहरू पूरा गर्न र महत्वपूर्ण पूर्वाधारको सञ्चालन सुनिश्चित गर्न सहयोग हुने चेक गणतन्त्रका अर्थमन्त्रीले बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्