गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरु सडकमा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 18, 2023
meter byaj pidit

श्रावण २ , काठमाडौं – सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाउँदै मिटरब्याज पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकले मिटरब्याज पीडितको समस्या समाधान नहुने र विधेयक पीडितको पक्षमा नभएको भन्दै पिडितहरुले प्रदर्शन गरेका हुन् ।काठमाडौंको शान्तिवाटिकादेखि सुरु भएको प्रदर्शन संसद भवन अगाडी पुगेर टुङ्गिएको थियो।

पिडितहरुले पहिलेको अध्यादेशमा धेरै कुरा ठीक रहेको, तर राजनीतिक दलहरुको सेटिङमा अध्यादेश निष्क्रिय पारेर परिमार्जन सहित आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी नयाँ विधेयक साहु महाजनको पक्षमा गएको बताएका छन्। शब्दमा हेरफेर गरेर आएको हालको विधेयक राजनीतिक दलहरुको सेटिंगमा साहु महाजनलाई नै सजिलो हुनेगरी तयार पारिएको उनीहरुले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५