रुसी राष्ट्रपति पुटिनका सहयोगीकी छोरीको कार बम विस्फोटमा मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • August 21, 2022
darya dugina blast case

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीकी छोरीको एक संदिग्ध कार बम विष्फोटमा मृत्यु भएको छ ।

रुसको अनुसन्धान समितिको अनुसार विस्फोटमा अलेक्ज्याण्डर डुगिनकी २९ वर्षीय छोरी दर्या डुगिनको मृत्यु भएको हो।

“पुटिनको मस्तिष्क” भनेर चिनिने रुसी दार्शनिक अलेक्ज्याण्डर डुगिनको हत्या गर्ने उद्देश्यले सो विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ।

अलेक्जेन्डर डुगिन र उनकी छोरी मस्को नजिकैको एक उत्सवमा सहभागी हुन गएका र साँझ उत्सवबाट एउटै कारमा फर्किने तय गरिएपनि अन्तिम मिनेटमा अलग्गै यात्रा गर्ने निर्णय गरेको बताइएको छ। उक्त कार उनको बुबा अलेक्ज्याण्डर डुगिनको रहेको बताइएको छ ।

अनुसन्धान समितिको अनुसार अहिले विज्ञहरुले घटनास्थलको निरीक्षण गरिरहेको र थप परीक्षणका लागि गाडीलाई घटनास्थलबाट हटाएको जनाएको छ । अनुसन्धान समितिले कारको ड्यास क्यामबाट रेकर्डिङ प्राप्त गरेको र दोषी पत्ता लगाउनको लागि अनुसन्धान जारी राखेको बताएको छ।

डुगिन आफ्नो कट्टर विरोधी पश्चिमी र ‘नव-युरेशियन’ विचारहरूको लागि परिचित छन्। पश्चिमाहरु डुगिनालाई रूसी राष्ट्रपतिको निकटका एक प्रमुख अति-राष्ट्रवादी विचारधाराका व्यक्ति भनेर व्याख्या गर्दछन । पश्चिमी सञ्चारमाध्यमले उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको विदेश नीतिका प्रमुख पक्षहरू पछाडिको प्रमुख शक्तिको रूपमा चित्रित गरेका छन्। यद्यपि, पश्चिममा उनको प्रतिष्ठाको बावजुद, रूसमा उनले कहिल्यै क्रेमलिनबाट आधिकारिक समर्थन पाएका छैनन् र धेरै हदसम्म उनी एक सीमान्त व्यक्ति मानिन्छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५