केन्या विरुद्दको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 25, 2022
cricket nepalricket

नेपाल र केन्याबीच भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा ५ विकेटले नेपाल विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोड्न सफल भएको थियो। १३१ रनको लक्ष लिएर मैदानमा उत्रिएको नेपाली टोलीले १९.२ ओभरमा ५ विकेट गुमाएर १३३ रन जोड्न सफल भएको हो ।

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेल जितेसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । केन्या भ्रमणमा रहेको नेपाली टोलीले ५ टि-२० र ३ एक दिवशीय श्रृंखला खेल्ने छ।

नेपाल हाल विश्व टि–२० अन्तर्राष्ट्रिय वरीयतामा १४ औं स्थानमा रहेको छ ।
सन् २०२४ को टि–२० विश्वकपमा आयोजक राष्ट्र बाहेक शीर्ष १२ वरीयतामा पर्ने राष्ट्रहरु विश्वकपका लागि छनौट हुनेछन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५