एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 13, 2022
mahalekha parikshak bulding

महालेखापरीक्षकको कार्यालय काठमाडौँले सार्वजनिक गरेको उनन्साठीऔँ वार्षकि प्रतिवेदन अनुसार एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखिएको छ।

संघ, प्रदेश र स्थानीय तहको रू.७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण हुँदा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ को बेरुजु थपिएको हो। गत बर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा समायोजन तथा फर्छ्योट गरिएको रकम घटाई यो वर्ष थप भएको रकम जोड्दा ४ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको छ।

अद्यावधिक बेरुजूमा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम थप गर्दा रु.८ खर्ब २९अर्ब १६ करोड पगुेको छ ।

महालेखापरीक्षकको कार्यालय सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको पूर्णपाठ :

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५