एमसीसी प्रोजेक्टलाई जग्गा उपलब्ध गराउन पाल्पामा ४ हजार ४ सय ५५ रुख काटिने

  • नेपाल राष्ट्रिय दैनिक
  • ७ माघ २०८१, सोमबार १५:५५
mcc

काठमाडौँ- एमसीसी प्रोजेक्ट अन्तर्गत रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपाललाई जग्गा उपलब्ध गराउन पाल्पामा ४ हजार ४ सय ५५ रुख काटिने भएको छ ।

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने एमसीए नेपाललाई विधुत प्रसारण आयोजना बनाउँदा आवश्यक पर्ने यी रुख काट्न र जग्गाको भोगाधिकार उपलब्ध गराउन विवरण तयार गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार नै जग्गा भोगाधिकार उपलब्ध गराइनेछ । तर एमसीए नेपालको वातावरणीय प्रभाव मूल्यांकनमा भने पाल्पाका वनबाट १२ हजार ५ सय ४८ रुख काट्नुपर्ने देखिएको थियो । वन तथा भूजैविक वातवारणमा पर्ने प्रभाव तथा न्यूनीकरण सुनिश्चित गरी वन क्षेत्रको जग्गा प्रयोग गर्न सब-डिभिजन कार्यालय रामपुर र निस्दीले स्थलगत अध्ययन गरेको हो । काट्नुपर्ने क्षेत्रमा रामपुर र निस्दीमा सामुदायिक वन, कबुलियती वन र विभिन्न टुक्रामा सरकारद्वारा व्यवस्थित वन रहेका छन् ।

सब-डिभिजनको रायसहितको प्रतिवेदनसमेतबाट ७४ वटा विधुत टावर जडान गर्न र विधुत प्रसारण लाइनका लागि विकल्प नदेखिएकोले ८४.३३ हेक्टर वन क्षेत्रको जग्गाको भोगाधिकार मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिलाई उपलब्ध गराउन लागेको वन डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिवेदनअनुसार वन नियमावली २०७९ को नियम ८९ को उपनियम (२) बमोजिम निर्णय भएको छ । जसमा विकास आयोजनालाई प्रयोग गर्न दिनुपर्ने राष्टिय वन क्षेत्रको स्थलगत विवरण, क्षेत्रफल, चारकिल्ला र जीपीएस कोअर्डिनेट, नापीको प्रमाणित नक्सा र सिट नम्बर, भौगोलिक क्षेत्र, विद्यमान वन व्यवस्थापन पद्दति, वनको किसिमअनुसारको क्षेत्रफललगायतका आधिकारिक विवरण उपलब्ध गराउनुपर्ने हुन्छ ।

वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को अधीनमा रही वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । प्रतिवेदन स्वीकृत भएपछि एमसीए नेपालले राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न र त्यसक्षेत्रबाट रुखबिरुवा हटाउन स्वीकृति लिने प्रक्रिया अगाडि बढाएको थियो ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५