एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल ७ विकेटले पराजित

  • नेपाल राष्ट्रिय दैनिक
  • June 21, 2022
u19 women cricket

एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत मलेसियाको किनरारा मैदानमा भएको आजको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन जोड्न सफल भएको थियो।
११० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ रङ जोड्दै जित हाँसिल गरेको हो।
आजको खेलमा पराजित भएपनि समूह ‘बी’ अन्तरगत रहेको नेपालले यसअघिको ३ खेलमा ६ अंक जोड्न सफल रहेकोले सेमिफाइनलमा भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५