कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी

  • नेपाल राष्ट्रिय दैनिक
  • October 10, 2022
bijaya kumar gachchcadar

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग सहित आयोगमा उजुरी दिएका हुन्।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले, गच्छदारविरुद्ध उजुरी आएको जानकारी गराउंदै, उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन्। जिल्ला निर्वाचन कार्यालय सुनसरीले पनि प्राप्त उजुरी उपर छानविन गरिने बताएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा,विशेष अदालतमा १० लाख धरौटी बुझाएर गच्छदार रिहा भएका थिए।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५