धरहरामा आजदेखि नि:शुल्क पार्किङको व्यवस्था

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2024
underground parking dharhara

काठमाडौं – काठमाडौंको धरहरामा रहेको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि नि:शुल्क पार्किङ सेवा सुरु भएको छ ।

यसअघि महानगरपालिकाले काठमाडौं भ्यू टावर (पहिले पुरानो बसपार्क) मा नि:शुल्क पार्किङको व्यवस्था गर्दै आएकोमा आजदेखि धरहराको पार्किङ भवनको पहिलो तल्लामा नि:शुल्क पार्किङ सेवा प्रदान गरिएको जनाएको छ।

न्यूरोड क्षेत्रका कालो पक्की सडकमा सवारीसाधन पार्किङमा निषेध गरेपछि सवारीसाधनलाई सहज पार्किङको व्यवस्था मिलाउन महानगरले धरहरा क्षेत्रको पार्किङमा सरोकारवालासँगको समन्वयगरी निःशुल्क पार्किङको व्यवस्था गरेको महानगरपालिकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार धरहरा क्षेत्रमा आजदेखि ५० हजार स्क्वायर फिट क्षेत्रमा नि:शुल्क पार्किङ गर्न सकिनेछ । शहीद गेटबाट न्युरोड तर्फ लाग्दा बायाँतर्फ काठमाडौं मलबाट खिचापोखरी जाने सडकबाट पार्किङ स्थलमा पुग्नसकिनेछ .

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५