कांग्रेससँगको गठबन्धनबारे पुनरावलोकन गर्नुपर्ने : वर्षमान पुन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2024
barshaman pun maoist

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनलाई गम्भीरतापूर्वक पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला रोल्पामा माओवादी प्रतिनिधि र जिल्ला स्तरका नेताहरुलाई तालिम दिंदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरेका छन् ।उनले हरेक चुनावमा इमान्दारिताका साथ कांग्रेसलाई भोट दिने तर कांग्रेसले घात गरिरहेको बताएका छन्।

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनको नतिजासँगै राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको र कांग्रेससँगको गठबन्धनलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ पुनले भने। ‘काँग्रेससँगको गठबन्धनबाट हामीलाई राजनीतिक रूपमा घाटा वा नाफा के छ ? हरेक चुनावमा कांग्रेसलाई इमान्दारीपूर्वक भोट दियौं र कांग्रेसले धोका दियो भने यो कहिलेसम्म टिक्छ भनेर पुनले प्रश्न गरेका छन्।

यसअघि विभिन्न घटनामा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र सत्ता संघर्षलाई कारणका रूपमा औंल्याउँदै आएको थियो । दुई वर्षअघि कांग्रेसले कोशीबाट राष्ट्रियसभाका उम्मेदवारलाई भोट नदिएर बेइमानी गरेको स्मरण गराउंदै ,शीर्ष नेतृत्व तहमा भएको सहमति विपरीत एमालेसँगको गठबन्धनमा केदार कार्कीलाई कांग्रेसले कोशीको मुख्यमन्त्री बनाएर धोका दिएको बताए ।

उपमहासचिव पुनले आफूभित्र रहेको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न पनि कांग्रेस नेतृत्वसँग माग गरेका छन् । सत्ता गठबन्धन बैठकमा कोशीमा कांग्रेसले गरेको धोकाबारे छलफल हुने उनले बताए ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीले चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएकोमा सिटौला विजयी भए पनि कार्की एमालेकी रुक्मिणी कोइरालासँग हारेकी थिइन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५