निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गर्नेछ।
आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, दिउँसो ३ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ७ बजेभित्रमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्नेछ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेको समयसम्म मतदान कार्य जारी रहनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्