गोली प्रहारबाट जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या

  • नेपाल राष्ट्रिय दैनिक
  • July 8, 2022
shinzo abe

@Ž©–¯“}Œ»E‚̉ž‰‡‰‰à‚É–K‚êAŽxŽ‚ð‘i‚¦‚éˆÀ”{Œ³Žñ‘Ё‚Q‚S“úŒßŒãA–k‹ãBŽs

गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। घाइते आबेको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

पश्चिमी जापानको नारा सहरमा भएको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री आबेमाथि २ राउण्ड गोलि प्रहार भएको थियो। नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको पूर्वप्रधानमन्त्री आबेको उपचारको क्रममा अस्पतालमा नै निधन भएको हो।
तेत्सुया यामागामी नाम गरेका ४२ वर्षीय आक्रमणकारीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीको रुपमा रहेका थिए। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका प्रभावशाली नेता आबेले सन् २०२० मा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५