गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अक्सिजेनेटर सकिएपछि अस्पतालले दिने मुटुको शल्यक्रिया सेवा बन्द भएको छ।
अक्सिजेनेटर सकिएपछि मुटुको शल्यक्रिया सेवा रोकिएको भन्दै अस्पतालले मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको छ। दैनिक ७ देखि ८ जनाको शल्यक्रिया गर्ने अस्पतालले अक्सिजेनेटर सकिन एक महिना अघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो। यधपी अक्सिजेनेटर कहिले आउँछ भन्ने विषयमा अस्पताल प्रशासन मौन देखिन्छ। शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखाका प्रमुखलगायत बसेर सो विषयमा छलफल गरेको भनिएपनि उपकरण कहिले आउँछ भन्ने विषय भने अझै अनिश्चित बनेको छ।
४० देखि ५० हजारसम्म मूल्य पर्ने अक्सिजेनेटर एक पटकमा एक जना बिरामीलाई मात्र प्रयोग गर्न सकिन्छ र यसको मूल्य बिरामीले नै तिर्नुपर्नेछ। शल्यक्रियाको समयमा यसले रगतमा अक्सिजन पुराउने काम गर्दछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्