अब विदेशबाट फर्कंदा दुईवटा मोबाइल ल्याउन पाइने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 9, 2023
TIA custom office

वैशाख २६, काठमाडौँ- वैदेशिक रोजगारीबाट फर्कंदा अब नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् ।

यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले साथमा बोक्दै आएको एउटा बाहेक अन्य मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गर्दै आएको थियो। मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले, झिटीगुण्टा सम्बन्धी नियमावली संशोधन गर्दै, वैदेशिक रोजगारीबाट फर्कने नेपालीले अब आफ्नो साथमा बढीमा दुई वटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशीक रोगगारी बाट फर्कने नेपालीको मोबाइल जफत गरेको भन्दै उनीहरुले सरकारको विरोधमा ” रेमिट्यान्स चल्ने मोबाइल नचल्ने” भन्दै नो रेमिट्यान्स अभियान नै चलाएका थिए।

सञ्चार र श्रम मन्त्रालयले आवश्यक समन्वय र गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गर्ने सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५