विनोद शाही मृत्यु प्रकरण:अछाम सदरमुकाममा प्रहरी र स्थानीयबीच झडप

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2022
file photo binod shahi case

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा सरकारी वकिल कार्यालयले नै आरोपीलाई बचाउन भूमिका खेलेको भन्दै स्थानीयबासिले प्रदर्शन गरेका छन्।

प्रदर्शनको क्रममा स्थानिय बासिन्दाले नाराबाजी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न प्रयास गरेपछि प्रहरी र स्थानीयबासीबीच सुरु भएको झडपको कारण अछाम सदरमुकाम मंगलसेनको स्थिति तनावपुर्ण बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाई फायर समेत गरेको छ।

घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५